त्यो अन्तिम पल

मुटु थर्किने ड्यांग ड्यांग आवाजले मेरो निन्द्रा खल्बलायो। आत्तिदै उठे। मोबाइल खोजे। रात को १ बजे को थियो । सपना सोचेर झस्किदै उठेको म त्यो बन्दुकको आवाज वास्तविकता रहेकोे थाहा पाउदा मन झन् आत्तिन पो थल्यो । मान्छे कराएको आवाज सँगै परिचित स्वरले गुहार माग्दै गरेको सुने। अब भने मेरो सातो गैसक्या थियो। जुरुक्क उठे। डर मिश्रित आवाजमा मम्मीलाई बोलाए। मम्मी को जवाफ आएन । क्रमश बाबा, दाई - अहँ ! मेरो स्वरले साथ पाएन। अब भने मेरो मुटूको धड़कन बाहिरै सम्म स्पस्ट सुनिदै थियो। घरमा अफुलाई एक्लै पाएपछि मन झन् डराउन थाल्यो। आफ्नो ज्यान जोगाउन घर भित्र लुक्ने कि मम्मी बाबालाई खोज़नु म अलमलमा परे। आखाँ भरि आसु टलपल थिए। मनमा अनेकन प्रश्नहरु उर्लिरहेकै थियो।

बाबा मम्मी कहाँ जानु भो? एक छिन अघि गुन्जिएको आवाज मम्मी को त थिएन? मम्मी बाबालाई केही त भएन? सायद म मात्र जिवित पो हो कि? डर त्रासले मलाई थिच्दै थियो। अब मलाई बाहिर गएर मम्मी बाबालाई खोज्नु उचित लाग्यो। म घर बाट निस्किए। बाहिर  माहोल तनाबग्रस्त थियो। एकातिर बाट भुटुटू गोली बर्सेको आवाज आइरहेको थियो । अर्कोतर्फ मानिष भागाभाग गरिरहेका थिए। केहि माानिस भुईमा लडीरहेका थिए। अध्यारोमा अनुहार चिन्न भने गाह्रो थियो । तर लडेका मान्छेहरु अब लाश भैसकेका थिए। अनुमान गर्न गाह्रो थिएन।

हिजो मात्र स्थानिय चुनाब शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्मरण भयो। सबै सामान्य नै थियो। आज एक्कासी यो के भैराको हो? गोली कस्ले चलाइराको थियो ? र किन ? मेरो मुटु, दिमाग अंह ! केहि ठाउँमा थिएन। एक हुल मनिस म उभीए तर्फ आए। "कान्छा, भाग । आफ्नो ज्यान बचा । यिनीहरुले कसैलाई बॉकी राख्ने छैननं। "आवाज परिचित थियो तर ठ्याककै ठम्याउन भने सकिन । गोलीको आवाजले भिडलाई पछ्याए जस्तो सुनिन्थ्यो। सानो छदा बुबाले आफ्नो पल्टनको कथा सुनाको याद आयो। "गोली चल्दा, बम पड़किदा लम्पसार पल्टीनु पर्छ, बाचिन्छ। "मैले त्यहि गरे। गोलीको आवाजले मेरो होस हराइसकेको थियो । आवाज झन झन बढ्दै थियो र एक्कासी ड्यांम्म मेरो पछाडी केसैले बेस्सरी हाने जस्तो लाग्यो । ऐया ! भन्दा भन्दै ५-६ वटा गोलीको छर्राले मेरो शरीर तातो भयो। पीडा तनमा भन्दा पनि मनमा बढी थियो। म बिस्वस्त भए । अब म बच्ने कुनै आशा छैन। आफ्नो मृत्यूलाई आँखा अघि देख्दै थिएँ म। म आफ्नो जिवनको अन्तिम पल बांचिरहेको थिएँ। मैले दुबै आखां चिम्लिएं। सायद मेरो जिवन यात्रा यती नै थियो। यो संसार बाट बिदा हुने बेला यही नै थियो।

आखां खोल्दा म ऑफुुलाई हस्पिटलको बेडमा पाऊंछु। केहि परिचित अनुहार देखे। मेरो वरिपरी म जस्तै कती घायल थिए । कती मरिसकेका थिए। म बिस्तारै उठे । मलाई यती त हेक्का थियो कि मलाई गोली लागेको छ। म बाँच्ने त पक्कै छैन। म एक परिचित अनुहार तर्फ लागे । मेरो शरिर लल्याकलुलुक भई सकेको थियो । मैले त्यो परिचित व्यक्तिको हात समाते र भने - "Its time to leave.Jay guru dev " उन्को आखां भरि आँसु थियो । म आफ्नो शरीर आँफैले धान्न नसकिरहेको महसुस गर्दै थिए । बिस्तारै चक्कर लागे जस्तो भयो । म आफ्नो शरीर छोड्दै थिएँ ।

कता कता म आँफुमा अझै प्राण भएको पाउछू। सायद मलाई कुनै मेशिन भित्र रखिएको थियो। म भित्र अझै जिवन बाकी छ भनेर म चिच्याउन चाहन्थे। तर मेरो आवाज म भित्रै सिमित थियो। म कहाँ छु भन्ने मलाई पनि थाहा थिएन । मेशिन घुमिरहेकै थियो आफ्नै गतीमा निरन्तर। म पनि आफ्नो मृत्यू तर्फको यात्रा गतिसिल नै देख्दै थिए। म मृत्युको स्टेजमा  क्रमश अघि बढ्दै थिएँ सायद, जहाँ म केबल देख्न मात्र सक्थे तर कुनै प्रतिक्रिया दिन भने असमर्थ थिएँ। यो हाम्रो human brain अचम्मको हुन्छ भन्थे, हो रहेछ। केहि झणमैं मैले आफ्नो पूरै जीवन संमझिन भ्याएं, सिनेमा जसरी ती बल्यकालका यादहरु, school days, साथीभाई सँग चूंगी खेलेको, nursery पड़दाको first love कालीलाई सम्म संमझिन भ्याए। मानसपटलको पर्दामा संझानाका लहरहरु एकाएक आउदै जादै थिए। प्यूठान, बुटवल, काठमाण्डौ र नेपालगंज बस्दाका तीता मीठा यादहरुले पालो पाँउदै गए। घरमा मम्मी बाबालाई समझिऍ। दाई दीदी,भांजा भांजी, सबैको तस्बीर झलझली आउन थाल्यो। गुरुजि को हासिलो अनुहार याद आयो। आफ्नो जीवनलाई फर्केर हेर्दा मन प्रसन्न थियो। अर्को तर्फ, जीवनमा कती के के गर्न बांकी थियो भन्ने पनि महसुस भयो । कैले नसोचेको कुरा, यती चाडैं संसार छोडेर जानु पर्ला भन्ने सपनामा पनि सोचेको थिएन। संगसँगै मनमा अब के हुन्छ? जिन्दगी भरि कौतुहल रहेको जिवन पछीको रहस्य थाहा पाउदैछु भन्ने पनि लाग्यो। त्यत्तिकैमा मलाई मेशिनले बाहिर फलिदियो।

मेरो आखां अगाडी सेतो एप्रोनमा सजिएका मेरा साथीहरु देखिए। सबैका आखा रसिला थिए । कोइ भने भक्कानिएर रुदै थिए। उनीहरु मलाई लास सम्झिएर होला कोही नजिक परेनन। डर पनि लाग्दो हो सायद। हिजोसम्म हांसिरहने शिव अब शवमा परिणत भइसकेको थियो। तेत्तिकैमा एक जना प्रोफेसरले २ ३ वटा शब्द उच्चारण गर्न भन्नु भयो । मेरो लार्बराउदो आवज निस्कियो । साथीहरु सबै तर्सिए । म अजै जिवित छु भन्ने कुरा थाहा पाउंदा म आश्चर्यचकित भए । कसैले भन्दै थियो " उ बच्न सक्छ, तर बचेपनि जिवन भरि  paralysed हुनेछ। " म जिवित छु भन्ने थाहा पाउदा पलाएकोआश्चर्य खुशीमा परिणत हुन नपाउदै जिउदो लास हुने डरले मन खायो। अब मलाई मरण होईन जिवित लास हुँ भनी स्विकार्न झनै गाह्रो भयो।

त्यत्तिकैमा मेरो छेउमा मोबाईलको स्क्रीन उज्यालो भयो। अघिल्लो दिन मात्रै  final year को पहिलो दिन भनि लिएको सेल्फिमा आफ्नो हसिलो रुस्ट पुस्ट अनुहार देख्दा म झस्किए । मुखबाट रगत बग्न थाल्यो । दातहरु एकाएक झर्न थाले। सायद जीउदो लास हुनु भनेको यही थियो। हिजो सम्म भुडी लाग्यो, थोरै गोरो मात्रै हुन पाए हुने भन्ने कत्रो ठुलो चिन्ता थियो तर आज मलाई कुरूप नै भए पनि शरीर चहिएको थियो । जिवनमा कती धेरै कुरा पाएको थिए मैले। आफ्नै तस्बिर हेरेर  मलाई रहर लाग्यो। भागवन! यो के भयो आज? राता रात म के भए ? बरु मृत्यू मन्जूर थियो। तर अब यो जिवन म कसरी  बाच्छु होला ? जिवनमा सबै खोसीएर मलाई अब मात्र सास दिईएको थियो। बिस्तारै आखा खुल्यो। मन शुन्य थियो । मस्तिस्क शान्त थियो। केहि बेर सम्मा मौनता चिरिएन। निकै बेर पछी मात्र मलाई आभास भयो, म जीउँदै छु। धन्य प्रभु ! यो सारा सपना थियो।

Comments