Posts

त्यो अन्तिम पल

मुटु थर्किने ड्यांग ड्यांग आवाजले मेरो निन्द्रा खल्बलायो। आत्तिदै उठे। मोबाइल खोजे। रात को १ बजे को थियो । सपना सोचेर झस्किदै उठेको म त्यो बन्दुकको आवाज वास्तविकता रहेकोे थाहा पाउदा मन झन् आत्तिन पो थल्यो । मान्छे कराएको आवाज सँगै परिचित स्वरले गुहार माग्दै गरेको सुने। अब भने मेरो सातो गैसक्या थियो। जुरुक्क उठे। डर मिश्रित आवाजमा मम्मीलाई बोलाए। मम्मी को जवाफ आएन । क्रमश बाबा, दाई - अहँ ! मेरो स्वरले साथ पाएन। अब भने मेरो मुटूको धड़कन बाहिरै सम्म स्पस्ट सुनिदै थियो। घरमा अफुलाई एक्लै पाएपछि मन झन् डराउन थाल्यो। आफ्नो ज्यान जोगाउन घर भित्र लुक्ने कि मम्मी बाबालाई खोज़नु म अलमलमा परे। आखाँ भरि आसु टलपल थिए। मनमा अनेकन प्रश्नहरु उर्लिरहेकै थियो। बाबा मम्मी कहाँ जानु भो? एक छिन अघि गुन्जिएको आवाज मम्मी को त थिएन? मम्मी बाबालाई केही त भएन? सायद म मात्र जिवित पो हो कि? डर त्रासले मलाई थिच्दै थियो। अब मलाई बाहिर गएर मम्मी बाबालाई खोज्नु उचित लाग्यो। म घर बाट निस्किए। बाहिर  माहोल तनाबग्रस्त थियो। एकातिर बाट भुटुटू गोली बर्सेको आवाज आइरहेको थियो । अर्कोतर्फ मानिष भागाभाग गरिरहेका थिए। केहि

Let BUDDHA win YAMA